४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्दै राष्ट्र बैंक

२५ आश्विन २०७९, मंगलवार ०५:१३

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।

मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि बुधबार (२६ असाेज) राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ ।

यस्तो लगानी आउँदो कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद