१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक

२५ आश्विन २०७९, मंगलवार ०९:०१

असोज २५, काठमाडौं । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ 'क' मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् ।

दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार काे हाे भनेर निर्णय गरिसकेकाे छैन । गठबन्धनका वरिष्ठ नेता सरत्दसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउदै आएका छन् ।


निर्णयानुसार महोत्तरी क्षेत्र १ 'क' कांग्रेस र 'ख' मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए ।

नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक नहुने बताएका छन् । मतदाताको हिसाबले हो भने 'क' कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसकाे प्रमुख दावेदार भएको उनकाे बुझाइ छ ।

गठबन्धनभित्रैका नेता राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा गठबन्धनभित्रै विवाद सिर्जना भएपछि कसरी मिलाउने भन्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

क्षेत्र नम्बर १ ख मा पनि गठबन्धनविरुद्ध गठबन्धनभित्रैका नेताहरूले बागी उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट