१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

प्रचण्डलाई ७ हजार मतान्तरले जित्ने बुर्लाकोटीको दाबी, यस्तो छ आधार

२८ आश्विन २०७९, शुक्रबार १२:०२

असोज २८, गोरखा | आसन्न मंसिर ४ गते हुन आमनिर्वाचनमा गोरखा-२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हुने चुनावी भिडन्त चासोको केन्द्रबिन्दुमा छ । उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।


गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन—३ बाट बाजी मारेका प्रचण्डलाई यस पटक जित निकाल्न सकस हुने बुर्लाकोटी दाबी गर्छन् । ९८ हजार मतदाता रहेको उक्त क्षेत्रमा ३० हजार भन्दा बढी मत ल्याएर जित्ने उनको जिकिर छ । त्यहाँ यसपटक ६३ हजार भन्दा बढी मत खस्ने जानकारहरु बताउँछन् । प्रचण्डलाई ७ हजार मतान्तरले जित निकाल्ने बुर्लाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘मैले चुनावी गतिविधि सुरु गरिसकेको छु,अधिकांश मतदाताहरुको रुझान यस पटक स्वतन्त्र पार्टीमा देखिएको छ’। बुर्लाकोटी थप्छन्, ‘कांग्रेसको ९० प्रतिशत भोट क्रस हुन्छ, एमालेको ३० प्रतिशत र माओवादीका असन्तुष्टहरुले मलाई भोट दिन्छन् ।’

चितवनमा जित्ने आधार नदेखेर गोरखा आएका प्रचण्डको जनाधार खस्किएको धेरैको विश्लेषण छ । स्थापित ठुला पार्टीका शीर्ष नेताहरूप्रतिको वितृष्णा,देशै नरहने हो कि भन्ने जनआक्रोशले कांग्रेस,एमाले र माओवादीका नेताहरूलाई सताएको उनी सुनाउँछन् ।

यो पटकको निर्वाचनमा मत परिवर्तन नगर्ने हो भने आगामी २५ वर्षसम्म पनि देशको हालत नसुध्रिने बुर्लाकोटीको तर्क छ । तपाईँको जित्ने आधार के भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ठुला पार्टीको रगत शुद्ध छैन, हामी शुद्ध मानिस स्वतन्त्र पार्टीमा जोडिएका छौँ । प्रचण्डले करोडौँ पैसा खर्च गरे पनि चुनाव जित्न नसक्नेमा बुर्लाकोटी ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ