2026-09-22 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवौं राष्ट्रिय खेलकुदःकराँते आजबाट कुस्मामा सुरु हुँदै

असोज २९, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्टसुरु हुँदैछन् ।  पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ।

असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन्। जसमा महिला ५५ के।जी, पुरुष ७५ के।जी, महिला ६१ के।जी, र पुरुष ८४ के।जी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउसो एक बजेपछि सुरु हुने छन्। 

असोज ३१ गते पुरुष ६० के।जी, महिला ६८ के।जी भन्दा माथि, पुरुष ६७ के।जी र महिला ६८ के।जी भन्दा तल र पुरुष ८४ के।जी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन्। यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउसो एक बजेपछि खेलाउने तयारी छ। 

कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० के।जी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन्। 

यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुने छन्। कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्।

टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउसो एक बजेबाट सुरु हुने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो