2026-09-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा

कात्तिक १, काठमाडौं | नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रवेश गरेको हो ।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत सोमबार सम्पन्न पाँचौ राउण्डको खेलमा नेपालले आयोजक बंगलादेशसँग ४-० को हार व्यहोरेको थियो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि ३-५/०-५ को नतिजा निकालेपछि नेपालको सुपर लिग यात्रा सम्भव भएको छ । सबै खेल जितेको बंगलादेश १० म्याच प्वाईन्ट बनाउँदै शिर्ष स्थानमा रहेर सुपर लिगमा प्रवेश पायो भने चार खेलबाट ८ म्याच प्वाईन्ट बनाएको श्रीलंका दोश्रो स्थानमा रहन सफल भयो । दुई खेल जितेर समान चारचार म्याच प्वाईन्ट बनाएपनि गेम प्वाईन्टका आधारमा नेपाल तेश्रो, पाकिस्तान चौथो तथा माल्दिभ्स पाचौं स्थानमा रहे ।

लिग चरणको अन्तिम खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारी बंगलादेशका ग्रान्डमास्टर ईनामुल हुसेनसँग पराजित भए । त्यसैगरी अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठलाई ग्रान्डमास्टर जिउर रहमानले हार चखाए । सिंगेश्वर दास तथा राजेन्द्र बज्राचार्य क्रमशः ईन्टरनेशनलमास्टरद्धय मोहमद फहाद रहमान तथा मोहमद मिन्हाज उदीनसँग पराजित हुन पुगे । च्याम्पियनशीपमा भुटानले कुनै पनि खेल जित्न सकेन ।

च्याम्पियनशीपमा सुपर लिगका खेल मंगलबारबाट शुरु हुनेछन् । मंगलबार आयोजक बंगलादेशले श्रीलंकाको सामना गर्नेछ । त्यसैगरी नेपालले बुधबार श्रीलंका र बिहिबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ । च्याम्पियनशीपमा सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । समग्रमा चौथो स्थानमा रहन सफल पाकिस्तानले १ हजार अमेरिकी डलर नगद हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो