पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ७७ पैसा र बिक्री दर १३० रुपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ७७ पैसा र बिक्री दर १५० रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।