१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लक्ष्मी जयन्तीसँगै अन्जानको मौसम लोकार्पण

८ कार्तिक २०७९, मंगलवार ०६:५२

कमल घिमिरे । कात्तिक ८ । पाँचथर, अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको छ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी एन आर एन पोर्चुगल कि वरिष्ठ उपाध्यक्ष तथा नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानी, बिशिस्ट अतिथि एन आर एन पोर्चुगल अलेन्तेजो क्षेत्रीय उपाध्यक्ष तथा हेल्प डेक्स इन पोर्चुगलका संचालक  बिक्की सुवेदी, गजलकार एन।बी अन्जान लगायतले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।

नेपाली वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेर शुरु गरेको कार्यक्रममा स्व श्रष्टा सर्जक प्रती एक मिनेट मौन धारण व्यक्त गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि रहेका सहित्यकार रमेश भट्टराई तेङ्गम दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने सत्यमोहन जोशीका बारे अनेसासका उपाध्यक्ष सागर शाहले प्रकाश परेका थिए । त्यस्तै महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती मनाउदै गर्दा देवकोटाको ब्याक्तित्व र कृतित्वको बारेमा अनेसास पोर्चुगलकि सचीव गोमा रेग्मीले देवकोटाका लोकप्रिय कविता सहित प्रकाश परेकी थिइन । रचना वाचन  सहित सम्पन्न भएको कार्यक्रममा स्वागत अनेसास उपाध्यक्ष उर्मिला कार्कीले गरेकी थिइन  । देउसीभैली समेत खेलेर रमाइलो गरिएको कार्यक्रमको संचालन महासचिव एन बी अन्जान र सचीव गोमा रेग्मीले सम्युक्त रुपमा गरेका थिए । 

मौसम कृतिको समिक्षा भने लेखिका मुना चौधरीले गरेकी थिइन । दर्जनौं पत्रपत्रिका र पुस्तक सम्पादन गरि सकेका अन्जानका मरुभूमि साहित्य यात्रा गजल संग्रह, आहुति गजल संग्रह, आधा इन्च हाइकु एसिया कै सानो कृति,  नेपाली भाषाको पहिलो रुबाई महाकाब्य,कोपिला जस्ता चर्चित पुस्तकहरु यस अघि आइसकेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ