२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रत्यक्ष निर्वाचन लड्ने यो अन्तिम पटक हो: मन्त्री भुसाल

२०७९, १२ कार्तिक शनिबार १२:४५

कात्तिक १२, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो नै अन्तिम पटक भएको बताउनुभएको छ । 

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को चुनावमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नु भएको हो । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अर्को चुनाव आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले चुनाव नलडने अवस्था आउने स्पष्ट पार्नुभयो ।

उहाँले त्यसबेला आफूले समानुपातिकतर्फको चुनावमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको चुनावमा लडने तयारी गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अव अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन् |

पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटि उठ्ने रहर छैन । यो अन्तिम चोटि हो प्रत्यक्षमा ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी