2026-09-21 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सी, नेयमार र एम्बाप्पेको गोलले पीएसजीको रोमाञ्चक जित

कात्तिक १३, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रोयसलाई शनिवार राति ४-३ ले पराजित गरेको छ ।

स्टार खेलाडी लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे तीनै जनाले गोल गरेपछि पीएसजीले रोमाञ्चक जित निकालेको हो । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा शीर्ष स्थानको पीएसजीले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको हो ।

मेस्सी, नेयमार र एमबाप्पेले यस सिजन ४३ गोल गरिसकेका छन् । जितपछि पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ । पीएसजीले दोस्रो स्थानको लेन्समाथि ५ अंकको अग्रता समेत बनाएको छ । लेन्सले शनिबार राति टोउलुसलाई ३-० ले हराएको थियो ।

मामा बाल्डेले दुई पटक ट्रोयसलाई अग्रता दिलाएका थिए । खेल तेस्रो मिनटमै बाल्डेले गोल गरेका थिए । तर २४औं मिनेटमा पीएसजीका कार्लोस सोलरले नेमारको पासमा बराबरी गोल फर्काए ।

बाल्डेले नै ५२औं मिनेटमा दोस्रो गोल गर्दा ट्रोयसले फेरि अग्रता लियो । तर तीन मिनेटपछि नै सर्जियो रामोसको पासमा मेसीले पीएसजीका लागि बराबरी गोल गरे ।

६२औं मिनेटमा मेसीको पासमा नेमारले गोल गर्द पीएसलाई ३-२ को अग्रता दिलाए । ७७औं मिनेटमा प्राप्त पेनाल्टीमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ४-२ को अग्रता बनायो ।

ट्रोयसका लागि एन्टे पालाभेर्ले ८८औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो