2026-09-08 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा

कात्तिक १६, हेटौंडा | मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेको तर्फका उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् ।

 राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्याए । त्यसकारण उनीहरुले जिते देशको अवस्था जर्जर हुने र श्रीलंकाको अवस्थामा पुग्ने उनले बताए ।

थापाले यो पटक देश बनाउने र देश बिगार्नेबीचको प्रतिस्पर्धा रहेको उल्लेख गरे । केपी ओलीको सरकारले सयौं गुणा राम्रा काम गरेको भन्दै उनले देशलाई बचाउन एमाले जिताउनुबाहेक अर्को विकल्प नभएको बताए । थापाले आफूले चुनाव जिते हेटौंडालाई देशकै नमुना राजधानी बनाउन पहल गर्ने बताए ।

‘पाँच दलीय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने गठबन्धनका दलले ? यस्ता झूटका खेती गरेर जनता झुक्याउने काम पाँच दलीय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो