५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिकेद्वारा फुटबलबाट सन्यास घोषणा

१८ कार्तिक २०७९, शुक्रबार ०५:१९

कात्तिक १८, काठमाडौं | स्पेनिस खेलाडी जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाका ३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।

लामो समय देखि बार्सिलोना तथा स्पेनिस राष्ट्रिय टोलीबाट खेलेका पिकेले बार्सिलोनाको शनिबार हुने खेल आफ्नो खेल जीवनको अन्तिम खेल हुने बताए । बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ । पिके लामो समय देखि बार्सिलोनाको मुख्य डिफेन्डरको भूमिका छन् ।


सन् २००८ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोनामा आएका उनले क्लबका लागि धेरै उपाधिहरू जिताएका छन् । बार्सिलोनाका लागि उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले आठ ला लिगा उपाधिसहित क्लबका लागि ३० ट्रफी जितेका छन् ।

खेल जीवनको अन्त्य बार्सिलोनाबाट नै गर्ने बताएका पिकेले अन्तिम खेल पनि बार्सिलोनाबाट नै खेल्ने भएका हुन् । ‘बार्सिलोनाबाट नै खेल जीवनको अन्त्य हुनेछ । मैले चाहेको पनि यही हो । हालसम्मको यात्राका लागि सबैलाई धन्यवाद,’ पिकेले भनेका छन् ।

पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् ।  स्पेनका लागि १०२ खेल खेलका छन् । उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । पकेले स्पेनबाट २०१२ को युरोकप र २०१० को विश्वकप जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता