Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रेखा थापालाई ढाका ढोपी लगाइदिँदै मतदाताले भने- देशको शीर उँचो राख्नू

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २०, मोरङ | मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी लगाइदिएका छन् ।

पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी ३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाइदिएका हुन् ।

आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

कलाकारसमेत रहेकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रुपमा चिनिएकी उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा छिन् ।

मोरङ–३ मा थापा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।