२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथी हातपात

२२ कार्तिक २०७९, मंगलवार ०६:४२

कात्तिक २२, काठमाडौँ । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरुले हातपात गरेपछि भएको विवाद प्रहरीले साम्य बनाएको छ।

साेमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयाेजना गरेकाे उम्मेदवार – मतदाता वीच अन्तर्क्रिया कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताहरुले गरेकाे प्रश्नको जवाफ दिनबाट रोकेका थिए र स्वागत नेपाल बोल्दा बोल्दै रानाले माइक तानेपछि तनाव उत्पन्न भएकाे थियाे।


स्वतन्त्र उम्मेदवार नेपालले जवाफ दिने क्रममा वीचैमा राेकेर सत्ता गठबन्धनका उम्मेदवार हरि राना जवाफ दिन आवश्यक नरहेकाे भन्दै नेपालले बाेलिरहेकाे माइक खाेस्न राेष्ट्रमसम्म पुगेपछि बिबाद सृजना भएको कार्यक्रममा सहभागि स्थानिय रोसन बोहोराले बताए । स्वागत नेपालका प्रचार समितिका सदस्य तुलसी उप्रेतिले नेपाल माथि भएको दुर्ब्यबहारको सबै भिडियो आफुहरुसगसुरक्षित रहेको बताएका छन ।

नेपालले बाेल्दा रानाका कार्यकर्ताहरुले पटक पटक माइककाे आ वाज काटिदिएका थिए । झापाको बिर्तामोड महानन्द चोक नजिक सिके चिन्तन प्रतिष्ठानमा स्थानिय युवाले आयोजना गरेको अन्तरकृया कार्यममा गठबन्धनका पक्षधर राना सँग आएका युवाले कार्यक्रम हलको ढोकाको चुक्कुल लगाएर स्वागत नेपाललाइ बाहिरिन नदिइ नियन्त्रणमा लिएको आरोप नेपालले लगाएका छन ।

रानाका कार्यकर्ताले नेपाललाई स्वागत नेपालकाे नाम भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल भनेर झुक्याएकाे भनी प्रश्न गर्दा उनले प्रचण्ड, के पी, वि पि सबै नागरिकता नभएको र आ फ्नाे पनि सबै पुस्तकहरु उपनामबाटै छापिएकाेले ती पुस्तक पढेर जानकारी लिन जवाफ दिएका थिए ।

साे पश्चात् अर्काे प्रश्नको जवाफ दिन शुरु गर्दा हरि राना स्वयम्ले अब जवाफ दिन आवश्यक छैन भन्दै नेपालकाे हातबाट माइक खाेस्न राेष्ट्रममै पुगेका थिए। राजधानी दैनिकबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान