२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामखुट्टे पक्रनेलाई नगद पुरस्कार

२२ कार्तिक २०७९, मंगलवार ११:४१

एजेन्सी | यति बेला देशैमा डेंगु फैलिएको छ । लामखुट्टेका कारण मानिसहरूको अवस्था दयनीय छ । गाउँ होस् वा सहर, लामखुट्टेले जताततै दिक्क बनाएको छ । यसैबिच, हामीले भारतको एउटा गाउँको बारेमा थाहा पायौँ जुन गाउँमा डेंगुको त कुरै छोडौँ तपाईँलाई लामखुट्टे पनि लाग्दैन। यति मात्र होइन, लामखुट्टे फेला पारेकोमा पुरस्कृत पनि गरिन्छ ।

वास्तवमा, हामी महाराष्ट्रको अहमदनगर जिल्लामा अवस्थित एउटा गाउँको कुरा गर्दैछौं। यस गाउँको बारेमा भनिन्छ कि यहाँ एउटा पनि लामखुट्टे छैन। जसका कारण यस गाउँमा मलेरिया वा डेंगु कसैलाई पनि लाग्दैन ।


लामखुट्टे पक्रनेलाई रु ४०० नगद पुरस्कार

यस गाउँमा एउटा पनि लामखुट्टे फेला पारेमा नगद पुरस्कार रु ४०० दिनुपर्ने चुनौती छ ।

वास्तवमा, यो अद्वितीय गाउँ महाराष्ट्रको अहमदनगर जिल्लामा अवस्थित छ। यस गाउँको नाम हिवरे बजार हो। हिवरे बजार नामको यो गाउँ कुनै समय खडेरीको सिकार भएको बताइएको छ । भनिन्छ, सन् १९८०–९० को दशकमा हिवरे बजार गाउँमा चर्को खडेरी परेको थियो, त्यस बेला पिउने पानी थिएन । खडेरीका कारण यहाँबाट धेरै परिवार बसाइँ सरेका छन् । तर, सन् १९९० देखि यहाँ बढीभन्दा बढी रुख रोप्ने र इनार खन्ने काम सुरु भएको थियो ।

गाउँमा पानीको अभाव छैन

अब यो गाउँको तस्वीर फेरिएको छ । अहिले गाउँमा खानेपानीको अभाव छैन । खडेरीका कारण गाउँमा लामखुट्टे निर्मूल भएको विश्वास गरिन्छ र त्यसयता अहिलेसम्म यो गाउँमा लामखुट्टे नभएको दाबी गरिएको छ । तर, गाउँका बासिन्दाको विशेषता भनेको कम पानी खर्च हुने बाली मात्रै किसानले उब्जाउने गरेकाले अहिले यो गाउँ खुसी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान