2026-09-22 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

कात्तिक २४, काठमाडौँ | भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

अस्ट्रेलियाको एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले सहजै पूरा गरेको हो। प्रारम्भिक ब्याटर जोस बटलर र एलेक्स हेल्स चम्किएपछि इङ्ल्यान्डले १० विकेटले भारतलाई पराजित गरेको हो।

इङ्ल्यान्डका लागि हेल्सले ८६ र बटलरले ८०  रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्ड्याले ६३, विराट कोहलीले ५०, रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाएका थिए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, क्रिस वेक्स र अदिल रशिदले एक-एक विकेट लिए।

यसअघि नै पाकिस्तान न्यूजिल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। अब कात्तिक २७ गते फाइनलमा पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो