2026-07-24 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण पाकिस्तान र इङ्ग्ल्यान्डले टी २० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन्

कात्तिक २५, काठमाडौँ | टि–२० विश्वकप २०२२ को फाइनल आइतबार मेलबर्नमा हुँदैछ जहाँ इङ्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) त्यही स्थान हो जहाँ वर्षाका कारण एक बल पनि नगरी समूह चरणका तीन खेल स्थगित भइसकेका छन्। जसमध्ये अस्ट्रेलिया र इङ्ग्यान्डबिचको खेल पनि एक हो। त्यस्तै, एक अर्को खेल वर्षाका कारण छोट्याइएको थियो।

मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ। यदि सो खेल ‘वास आउट’ भएमा दुवै फाइनालिस्टले टी२० विश्वकपको उपाधि संयुक्त रुपमा जित्ने सम्भावना बढेको छ। यो घटना क्रिकेट इतिहासमा पहिलो हुनेछ।

यदि आइतवार वर्षाले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)लाई प्रभावित बनाए पाकिस्तान र इङ्ग्ल्यान्ड संयुक्त रुपमा च्याम्पियन बन्न सक्छन्।

आइतवार मेलबर्नमा पानी पर्ने सम्भावना ९४ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान ब्यूरोले २५ मिलिमिटर वर्षासँगै सम्भावित मेघगर्जनको  भविष्यवाणी गरेको छ।

खेल स्थानीय समयअनुसार बेलुका ७ बजे (नेपाली समय दिउँसो १:४५ वजे) सुरु हुने तालिका छ। ‘वास आउट’को सम्भावनासँगै खेल सोमवार रिजर्भ दिनमा सारिन सक्छ। सोमवार खेल स्थानीय समय अनुसार ३ बजे सुरु हुनेछ।

तर, पूर्वानुमानअनुसार सोमवार कम वर्षा हुने भनिएपनि अर्को मेघगर्जनको सम्भावना छ। यदि वर्षाले खेल हुने सम्भावनालाई रोकेमा इङ्ग्यान्ड र पाकिस्तानले निराशाजनक निर्णयको सामना गर्नुपर्नेछ। उनीहरु ट्रफी बाँड्न बाध्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक