2026-10-26 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी : प्रि–इनरोलमेन्ट गरेर मात्र राहदानी नवीकरणको लागि आउन दूतावासको आग्रह

कात्तिक २७, काठमाडौँ | के तपाईं साउदीमा राहदानी नवीकरण गर्न दूतावास जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनलाइन फारम भरेर प्रि–इनरोलमेन्ट गरेर मात्रै जानुहोला । साउदीमा रहेको नेपाली दूतावासले सेवाग्राहीको सहजता र दूतावासलाई पनि काम गर्नमा छिटोछरितो होस् भन्दै यस्तो आग्रह गरेको हो ।

अनलाइन फारम प्रि इनरोलमेन्टको लागि

https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुपर्छ । ‘अपोइन्टमेन्ट बुक’ गर्नको लागि ‘अपोइन्टमेन्ट कन्ट्री’को ठाउँमा अदर भन्ने अप्सन छान्नुपर्छ र ‘लोकेशन’मा भित्रको अप्सनमध्येबाट एनई रियाद छान्नुपर्ने हुन्छ । त्यसपछि जे जे जानकारी मागेको छ त्यही भर्दै जानुपर्छ । सबै विवरण भरिसकेपछि अन्तिममा फाइल डाउनलोड गरेर प्रिन्ट गर्नुपर्छ । यदि अनलाइन फारम आफैले भर्न सक्नुहुन्न भने आफ्नो कम्पनी वा साथीभाइको सहयोग लिन सकिन्छ । 
यदि साउदी अरबमा कसैले पनि सहयोग गरेन र आफैले पनि सक्नुभएन भने नेपालमा रहेको परिवार वा साथीभाइको सहयोग लिन पनि दूतावासले सुझाएको छ । त्यसको लागि पनि माथि उल्लेख गरेजस्तै गरी अनलाइन फारम भरेर त्यसको पीडीएफ फाइल ह्वाट्सअप अथवा अन्य माध्यमबाट मगाउन सकिन्छ । त्यसलाई प्रिन्ट गरेर दूतावासमा पेस गर्न सकिन्छ ।
राहदानी नवीकरणको लागि रीतपूर्वक भरिएको अनलाइन फारमको प्रिन्ट प्रति, नागरिकताको अगाडि र पछाडि भागको प्रष्ट फोटोकपी, राहदानीको फोटो पेज र ३१ नम्बर पेजको फोटोकपी र सक्कल राहदानी अनिवार्य साथलमा ल्याउनुपर्छ । आफूसँग जनशक्ति र श्रोतसाधन पर्याप्त नभएकाले सेवाग्राहीले नै अनलाइन फारम भरेर आइदिए काम छिटो छरितो हुने दूतावासको भनाइ छ ।
यस्तै दूतावासले अनलाइन फारम भरेर आउनेहरुले पनि सामान्य गल्ती गर्ने गरेको भन्दै त्यस्ता गल्ती सुधार गर्न आग्रह गरेको छ । राहदानी र नागरिकताको राम्रोसँग स्क्यान गरेर मात्रै अपलोड गर्नुपर्छ । आफ्नो नाम र थर, आफ्नो पालिकाको नाम र वडा नम्बर सहि लेख्नुपर्छ । अरू विवरणमा पनि कुनै गल्ती नगर्न दूतावासले आग्रह गरेको छ । अनलाइन फाराम नभरिकन वा प्रि–इनरोलमेन्ट नगरिकन आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने