2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

कात्तिक २७, मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतदाताकाबीच पु¥याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिहेका छन् । 

मकवानपुरको क्षेत्र नं २ मा सत्ता गठबन्धनकातर्फ नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव विरोध खतिवडा र एमालेका तर्फबाट मेहश बर्तौलाबीच दुई पक्षीय प्रतिस्पर्धामा हुने देखिएको छ । यसैगरी, राप्रपाकातर्फबाट राजन मैनाली, कांग्रेस (बिपी) को भरत पराजुली, नेपाल मजदुर किसान पार्टीका तर्फबाट रत्नप्रसाद प्रजापति मतदाता समक्ष पुगिरहनुभएको छ ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नं २ (१) प्रदेश सभातर्फ सत्ता गठबन्धनकातर्फबाट कुमारी मोक्तान र २ (२) बाट इन्द्रबहादुर बानियाँ तथा एमालेका तर्फबाट २ (१) बाट विष्णुप्रसाद ढकाल र २ (२) बाट लालबहादुर थापाबीच प्रतिस्पर्धामा रहनुभएको छ । जिल्लाको क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ जना मतदाता रहेका छन् । जसमध्ये पुरुषतर्फ ७८ हजार पाँच सय ९८, महिलातर्फ ७१ हजार नौ सय ७९ र तेस्रोलिङ्गी एकजना रहेको बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर क्षेत्र नं २ मा एक सय ९२ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । मकवानपुरको क्षेत्र नं २ मा थाहा नगरपालिका, मनहरी, भीमफेदी, कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकाको आधा भाग र हेटौँडा उपमहानगरपालिकाको वडा नं १, ३, ११ र १९ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको क्षेत्र नं २ को प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ जना गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारले घरदैलोमा पुगेर मतदातालाई आगामी दिनमा दुर्गम भेगका मतदातालाई पिउने पानी, स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर दिलाउने, कृषि उत्पादनलाई बजारसम्म पु¥याउनेजस्ता प्रतिबद्धता जनाएका छन् । विगतको अवस्थालाई विश्लेषण गरेर यो निर्वाचनमा उम्मेदवारको इमान्दारिता र दीर्घ राजनीतिलाई मात्र हरेर मतदान गर्नुपर्ने अवस्था आएको मकवानपुरगढी वडा नं ४ निवासी भरतप्रसाद पुडासैनीले प्रतिक्रिया दिनुभयो ।

क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा तत्कालीन एमालेकातर्फबाट विसं २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसक्नु भएको छ । उहाँ एक वर्षअघि समाजवादीका तर्फबाट जनसङ्ख्यामन्त्री समेत भइसक्नुभएको छ । मकवानपुरमा क्षेत्र नं १ बाट २०५१ सालमा राप्रपाका तर्फबाट कमल थापा निर्वाचित हुनुभएको थियो । 

यसैगरी, विसं २०७० मा कांग्रेसकातर्फबाट समानुपातिक उम्मेदवार हुनुभएकी कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय मन्त्री भइसक्नुभएको छ । उहाँ मकवानपुर क्षेत्र नं १ बाट २०७० सालमा संविधानसभाको सदस्य पदमा निर्वाचित हुनुभई २०७३ सालमा नागरिक उड्डयन तथा संस्कृति राज्यमन्त्री र गृह राज्यमन्त्री भइसक्नुभएको छ ।

मकवानपुरमा कूल मतदाता सङ्ख्या तीन लाख सात सय ५८ मतदाता सङ्ख्या रहेको र तेस्रोलिङ्गी समूहका पाँचजना रहेको २ नं क्षेत्रका निर्वाचन अधिकृत मुकुन्दहरि पौडेलले जानकरी दिनुभयो । मकवानपुरको क्षेत्र नं १ मा एक सय ७२ र २ मा एक सय ९२ वटा गरी तीन सय ६४ वटा मतदान केन्द्रहरू रहेका छन् । यसैगरी, जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्रहरु तोकिएको छ । जसमा कैदीबन्दीका लागि भीमफेदी कारागार र निजामती कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोग बागमती प्रदेशको कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक