2026-09-22 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

कात्तिक २८, काठमाडौं | पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो ।

युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए । ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।

युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य - NepalWatch

वासिम र अरभिन्दले पहिलो विकेटका लागि ७५ रनको साजेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिलाएका थिए । तर गुल्शन झाले १५औं ओभरमा वासिमलाई बोल्ड गर्दै उक्त साझेदारी तोडे ।

वासिमले ४१ बल खेल्दै ६ चौका १ छक्का मदतमा ४४ रन बनाए । सोही ओभरमा गुलशनले युएईका कप्तान सिपी रिजवानलाई कुशल भुर्तेलबाट आउट गराए । रिजवानले २ रन जोडे ।

दुई विकेट एकै ओभरमा गुमेपछि अर्का ओपनर भृत्य अरविन्दले रोहन मुस्ताफा मिलेर इनिङ्स अघि बढाए । अरभिन्द र मुस्ताफाले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा भृत्यलाई एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए ।

मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए । आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए ।

अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो