2026-09-22 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लबले मलाई धोका थियो, प्रशिक्षकप्रति मेरो सम्मान छैन: रोनाल्डो

कात्तिक २८, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्।

आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्।

पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो खेलजीवन बारे बताएका हुन्।

उनले गएको अगस्टमा आफ्नो पक्ष बताउने उल्लेख गरेका थिए। उनी लगातार म्यानचेस्टर युनाइटेडको टिमबाट बाहिर अर्थात् बेन्चमा रहन बाध्य छन्।

रोनाल्डोको भनाइबारे अहिलेसम्म म्यानचेस्टर युनायटेडले टिप्पणी गरेका छैन। युनाइटेडले आइतबार राति भएको खेलमा फुलह्यामलाई २-१ ले पराजित गरेको थियो, ऊ प्रिमियर लिगको पाँचौँ स्थानमा छ।

रोनाल्डोले आफूलाई क्बलबाट निकाल्नका लागि भएको प्रयासबारे अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘त्यो प्रयास भएको छ, प्रशिक्षक मात्रै नभएर क्लबका अरू दुई-तीन व्यक्ति पनि लागि परेका छन्। मलाई धोका महसुस भइरहेको छ।’

३७ वर्षका रोनाल्डोले आफूलाई क्लबका उच्च अधिकारले के भन्लान् वा आफूलाई असर पर्ला भन्ने कुनै चिन्ता नरहेको भन्दै सर्वसाधारणले सत्य जान्न पाउनु पर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘केही व्यक्तिहरू म यहाँ भएको देख्न चाहेका छैनन्। यो वर्ष मात्रै होइन, गएको वर्ष पनि यस्तो भएको थियो।’

रोनाल्डोले गएको नोभेम्बर ६ यता खेलेका छैनन्। उनले प्रशिक्षक टेन हागप्रति सम्मान नरहेको पनि बताएका छन्।

उनले भने, ‘उनीप्रति मेरो सम्मान छैन, किनकि उनले मप्रति सम्मान देखाएनन्। यदि कसैले मलाई सम्मान गर्दैन भने उसलाई पनि मैले कहिल्यै सम्मान गर्दिनँ।’

रोनाल्डोसँगको अन्तर्वार्ता आउँदो बुधबार र बिहीबार प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो