२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारमा जम्मा ४५ जनासँग मात्र छ यस्तो रगत जसको एक थोपा पनि सुन भन्दा महँगो छ

२९ कार्तिक २०७९, मंगलवार १०:०२

कात्तिक २९, एजेन्सी । बिश्वभरका मानिसहरुमा बिभिन्न ८ प्रकारका रगत छन् । जुन A+, A-, B+, B-, O+, O-, AB+, AB- हुन् । तर यसको अलावा पनि रगतको अर्को प्रकार पत्ता लागेको छ जुन विश्वभर जम्मा ४५ जना मानिसमा मात्र छ । जुन प्रकारको रगतको नाम हो 'गोल्डेन ब्लड' । 

गोल्डन ब्लड ग्रुप के हो ? 

गोल्डन ब्लड मानिसको शरीरमा पाइने एक फरक र एकदमै दुर्लभ ब्लड ग्रुप हो । जसको दोश्रो नाम आरएच नल (Rhnull) हो । संसारमा जम्मा ४५ जना मानिसको शरीरमा पाइएको यस्तो प्रकारको रगत संसारको जो कोहि मानिसको शारिरमा चढाउन सकिन्छ । 

Rhnull लाई गोल्डन ब्लड ग्रुप किन भनियो ? 

संसारमा ४५ जनासँग यस किसिमको ब्लड छ भनिए पनि यस्तो ब्लडको डोनर (रक्तदाता) जम्मा ९ जना मात्र छन् । त्यसैले यस्तो रगत जो दुर्लभ छ । जसको एक थोपाको मूल्य एक ग्राम सुनको मूल्य भन्दा बढी छ । यसै कारणले यस्तो रगतलाई गोल्डेन ब्लडको नाम दिईएको हो । 

गोल्डन ब्लडलाई Rhnull किन भनियो ? 

गोल्डन ब्लडलाई Rhnull यस कारण भनियो कि यो रगत त्यस्ता व्यक्तिमा मात्र पाइन्छ जसको Rh फ्याक्टर null हुन्छ ।

हाम्रो सरिरमा रगत बिभिन्न ३ तरिकाको सेल मिलेर बन्छ । १. रेड ब्लड सेल २. व्हाइट ब्लड सेल र ३. प्लेटलेट्स ।

हाम्रो शरीरको ब्लड ग्रुप कुन हो भन्ने कुरा दुई आधारले पहिचान हुन्छ । 

१. एन्टीबडी: व्हाइट ब्लड सेलमा रहेको प्रोटीनलाई भनिन्छ ।

२. एन्टीजेन: रेड ब्लड सेलमा रहेको प्रोटीनलाई भनिन्छ ।

Rh रेड ब्लड सेल्सजस्तै सतहमा हुने एक प्रोटीन हो । साधारण मानिसको शरीरमा Rh या पोजेटिभ हुन्छ या नेगेटिभ हुन्छ । तर जसको सरिरमा गोल्डन ब्लड हुन्छ,  उसको बडीमा Rh न त पोजेटिभ हुन्छ नत नेगेटिभनै हुन्छ । मतलब Rh फ्याक्टर null हुन्छ ।

गोल्डन ब्लड ग्रुप जेनेटिक म्युटेशनको कारण हुन्छ । साधारणतया यस्ता मानिसको सरीरमा RHAG जीनको म्युटेशनको कारण यस्तो हुन्छ । जेनेटिक म्युटेशनकै कारण यो एक पुस्ताबाट दोश्रो पुस्तामा ट्रान्सफर हुन्छ । नेशनल लाइब्रेरी अफ मेडिसीन वेबसाइटको अनुसार भाई-बहिनी या कुनै नजिक वा टाढाको नाता पर्ने व्यक्तिहरु बीच विवाह भएर जन्मिने बच्चामा यस्तो किसिमको रगत भएको मानिस जन्मिने सम्भावना हुन्छ । 

नेशनल लाइब्रेरी अफ मेडिसिन वेबसाइटको अनुसार १९६१ मा पहिलो पटक अष्ट्रेलियाका एक आदिवासी महिलाको शरीरमा यस्तो रगत भेटिएको थियो । 

त्यसपछि अष्ट्रेलियाको किंग एडवर्ड मेमोरियल अस्पतालको डाक्टर जीएच वोज र उनको साथिहरुले यसको परीक्षणबारे डिटेल रिपोर्ट तयार गरेका थिए ।

त्यसै रिपोर्टलाई त्यसै बर्ष पाकिस्तान मेडिकल एसोसिएशनको पत्रिकामा प्रकाशन गरिएको थियो । त्यस अघि डाक्टरहरुले मान्दथे कि Rh एन्टीजीन बिना मानिस जीवित रहदैनन् । 

गोल्डन ब्लड ग्रुप भएका मानिसहरुमा हेमोग्लोबिनको मात्रा कम हुन्छ । यसै कारण शरीरमा रेड ब्लड सेल्स कम हुने खतरा हुन्छ । यस ब्लड ग्रुप भएका मानिसहरु प्राय एनीमिया रोगको शिकार हुने गरेको पाइएको छ । एक्सपर्टहरुका अनुसार यदि आमा र गर्भमा भएको बच्चा दुवैमा यस किसिमको रगत भएमा गर्भपतनको संभावना बढ्छ । यस प्रकारका मानिसमा मृगौला फेल हुने सम्भावना पनि बढी हुन्छ । 


तश्वीरमा: एउटी महिला विश्वका ४५ जना मध्ये एक मात्र मलेसियाली हुन् जसको अनौठो रगत समूह Rhnull (Rhesus null) छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान