2026-09-22 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानसँगको फुटबलमा नेपाल १-० ले विजयी

कात्तिक ३०, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० गोलले विजयी भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल १-० ले विजयी भएको हो ।

नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै नेपाललाई बिजयी बनाएका छन् । पहिलो हाफमा बराबरी गरेको दुवै टोलीले केहि मौकाहरु पाए पनि सदुपयोग गर्न सकेनन् ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

 आजको खेलबाट फुटबलर आवास लामिछानेले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेको र क्षमता भएको खेलाडी भएकाले आवासलाई टिममा राखेको प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

तश्विर: रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो