2026-09-21 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी

मङ्सिर १, काठमाडौँ । इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा खेलाउन नहुने व्यवस्थापक एरिक टेन ह्यागले क्लबका अधिकारीहरूलाई बताएको भनी विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले खरब दिएका छन् । 

रोनाल्डोले बेलायतका टीभी प्रस्तोता पियर्स मोर्गनलाई दिएको सनसनीपूर्ण अन्तर्वार्तामा आफूलाई क्लबले धोका दिएको बताएपछि टेन ह्यागको निर्देशन आएको हो । 

आफूलाई टेन ह्यागले सम्मान नगरेको आरोप रोनाल्डोले लगाए । सोमवार टेन ह्यागले क्लबका सहअध्यक्ष जोएल ग्लेजरसँग कुराकानी गरेका थिए । त्यसमा उनीहरूले रोनाल्डोविरुद्ध अनुशासनको कारवाही चलाउने विषयमा चर्चा गरेका थिए । 

रोनाल्डोका टिप्पणीहरू अस्वीकार्य रहेको पनि टेन ह्यागले क्लबका शीर्ष अधिकारीहरूलाई बताएका छन् । कतारमा हुने विश्वकप फूटबलपछि रोनाल्डोलाई कुनै हालतमा पनि क्लबबाट खेल्न नदिने उनले स्पष्ट पारेको बताइएको छ । 

युनाइटेडले आइतवार फुलहमलाई २–१ गोलको अन्तरले हराएपछि युनाइटेड क्लबले रोनाल्डोको अन्तर्वार्ताका बारेमा थाहा पाएको थियो । रोनाल्डोका दाबीहरूमा कस्तो प्रतिक्रिया जनाउने भनी क्लबले कानूनी सल्लाह लिइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो