2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको मार्गचित्रः बूढीगण्डकीदेखि सुख्खा बन्दरगाह निर्माणसम्म

मङ्सिर १, गोरखा | गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिनुभएको छ । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्नुभएका उहाँले धुलाम्मे सडकलाई कालोपत्र गर्ने मौखिक प्रतिबद्धतादेखि गोरखा सम्वृद्धिको मार्गचित्र नाम दिएर ५५ बुदेँ लिखित प्रतिबद्धता जनतासमक्ष पु¥याउनुभएको छ । 

जिल्लाको मुहार फेर्न सकिने खालका प्रमुख रणनीतिक योजनालाई ‘गेमचेन्जर’ योजनाका रुपमा र अन्य नियमित योजनालाई महत्वपूर्ण योजनाका रुपमा समेटेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बूढीगण्डकी आयोजना निर्माणदेखि उत्तरी गोरखाको नुब्री क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नेसम्मका योजना परेका छन् । 

प्रमुख रणनीतिक योजनामध्ये लामो समयदेखि बन्द भएको पालुङटार विमानस्थल पुनःसञ्चालन गर्ने तथा पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गर्नुभएको हो । त्यस्तै बहुउद्देसीय राष्ट्रिय गौरवको एक हजार दुई सय मेघावाट क्षमताको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयन गर्ने, च्याङ्ली कृषि तथा वन विश्वविद्यालयअन्तर्गतको कृषि क्याम्पस सञ्चालन गर्ने तथा जिल्लाभित्रका सबै विद्यालय तथा क्याम्पसमा प्राविधिक शिक्षा विस्तार र शिक्षा क्षेत्रका समस्या समाधान गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाउने उल्लेख छ । 

रणनीतिक योजनामा (रुइला नाका) तिब्बतको सिमाना जोड्ने बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पनि परेको छ । सो सडकखण्ड निर्माण पूरा गर्ने, जिल्लाभित्र रहेका ठूलाठूला खेतीयोग्य टारमा पम्पिङ, लिफ्टििङ तथा नहरको योजनामार्फत सिञ्चाइलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्ने र जिल्लालाई उत्पादनमा आत्मानिर्भर बनाउने प्रमुख रणनीतिक योजनामा परेको अध्यक्ष प्रचण्डका प्रचार संयोजक माओवादीका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै लिगलिगकोट, सिरानचोक गोरखा दरबार, मनकामना, बारपाकलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन सर्किटको रुपमा विकास गर्ने । गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्ने पनि उक्त रणनीतिक योजनामा उल्लेख गरिएको छ । सार्वजनिक गरिएका ‘गेमचेन्जर’ योजनामा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली सहरको रुपमा विकास गर्ने, रुइला नाका नियमित रुपमा सञ्चालन हुने सुनिश्चिततासहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने तथा गोरखकाली रबर उद्योगलाई नयाँ ढङ्गबाट व्यवस्थित गरी पुनःसञ्चालन गर्न ठोस् पहल गर्ने उल्लेख छ । अध्यक्ष प्रचण्डले प्रमुख रणनीतिक महत्वका १० योजना र अन्य महत्वपूर्ण ४५ योेजनालाई आफ्नो प्रतिबद्धता पत्रमा समेट्नुभएको छ । 

अन्य महत्वपूर्ण योेजनामा पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, रातामाटा, मुच्चोक, सिम्जुङ, ध्याच्चोकलाई वैकल्पिक साहायक मार्गको रुपमा कालोपत्र गरिने, ध्याम्पेसाल–देउराली–ताकु– स्वाँरा– सौरपानी–बारपाक–ध्याचोक–सिरानडाँडा–ओलाङ हुँदै लमजुङ दूधपोखरी सडक निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै गोरखा सदरमुकामबाट लमजुङ जोड्ने सबैभन्दा छोटो बाटो पन्थडी–कटहरे साइलीटार सडक कालेपत्र, ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, बारपाक–बाह्रकिलो–लाप्राक हँुदै माछाखोलासम्मको सडक कालोपत्र, मध्यपहाडी लोकमार्गमा पर्ने गोरखाखण्ड कालोपत्रलगायत योजना पनि  रणनीतिक योजनामा समेटिएको छ । पालुङटार नगरपालिकामा कृषि पर्यटन, जडीबुटीको सङ्कलन प्रशोधन केन्द्र स्थापना, बहुप्राविधिक शिक्षालय स्थापना, सामुदायिक विद्यालयमा खेलकुद, विद्यार्थीको सांस्कृतिक क्षमताको अभिवृद्धिका लागि घुम्ती शिक्षक नियुक्ति, कलेज तथा विद्यालयको भौतिक पूूर्वाधारको विकास, सामुदायिक स्वयसेवी शिक्षकको व्यवस्था पनि उक्त योजनामा परेको छ ।

अध्यक्ष दाहालको प्रतिबद्धतामा ज्येष्ठ नागरिक र अशक्तलाई सामुदायिक स्वास्थ्य इकाईमार्फत घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने, सिरानचोक गाउँपालिकामा आयुर्वेद अनुसन्धान, तालिम केन्द्र र अस्पताल स्थापना गर्ने, जिल्लाभित्रका अस्पतालको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्य सेवामा जनताको सहज पँहुच पु¥याउने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गरी समग्र जनताको हित र सेवामा सर्मपित गराउन पहल गरिने, जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार तथा घाइते, अपाङ्गता भएकाको समस्या समाधान गरिने सबै द्धन्द्वपीडितलाई न्याय, सम्मान र परिपुरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम पूरा गर्न पहल गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ ।  

अध्यक्ष दाहालले सार्वजनिक गर्नुभएकोे प्रतिबद्धता पत्रमा कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैँची खेती, सुन्तला खेती, घरेलु हस्तकला, घरबास (होमस्टे), साना उद्योग तथा घरेलु उद्योग प्रवद्र्धन गर्दै स्थानीयस्तरमा युवालाई स्वरोजगारी बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित