2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घण्टी र लौरोमा मत बाँडिदाको फाइदा: एमालेले खोल्यो पहिलो खाता

मङ्सिर ५, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ मा बिजयी खाता खोलेको छ । करिब आश मारिसकेको क्षेत्रमा एमालेले जित हाँशिल गरेको हो । यो क्षेत्रमा घण्टी र लौरो चुनाव चिह्नबीच मत बाडिएका कारण एमालेलाई जित सहज भएको विश्लेषण गरिएको छ ।

ठूला राजनीतिक दलको बिकल्प खोजेकाहरुले घन्टी र लौरोमा मतदान बाडेको कारण ललितपुर २ बाट एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन बिजयी भएका छन् । उनले १९ हजार ८३४ मत पाए । यसै क्षेत्रमा लौरो चिन्ह लिएर उठेका हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन साक्यले १० हजार ४४० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चिन्ह लिएर निर्वाचनमा उठेका बुद्धरत्न महर्जनले १० हजार १३६ मत प्राप्त गरेका छन् । यसै क्षेत्रमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाए । त्यस्तै राप्रपाबाट रघुबरराज थापाले ७ हजार ७९९ मत पाएका छन् । 

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो