2026-07-25 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आज चार खेल हुँदै, पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै

मङ्सिर ६, काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत मंगबार चार खेल हुँदैछन्। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलमा आजको पहिलो खेलमा समूह ‘सी’ का अर्जेन्टिना र साउदी अरेबिया प्रतिस्पर्धा गर्दैछन्।

नेपाली समयअनुसार दिउँसो ३:४५ बजे यी दुई टिमको खेल लुसेस आइकोनिक रंगशालमा हुनेछ। स्टार खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिना अपराजित यात्रालाई कायमै राख्दै अगाडि बढ्ने लयमा छ।

Argentina v Saudi Arabia predictions: Main man Messi can make a flying  start | Sport News | Racing Post

विश्वकप विजेताको प्रमुख दाबेदारको रुपमा देखिएको अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर मानिएको साउदी अरेबियासँग जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ। 

आजको दोस्रो खेल ६:४५ बजे डेनमार्क र ट्युनिसियाबीच हुनेछ। यी दुई टोली समूह ‘डी’ मा रहेका छन्। यी दुईको खेल एजुकेशन सिटी रंगशालामा हुनेछ।

युरोपकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘अन्डर डग’को रुपमा देखिएको डेनमार्क त्यही शैली दोहोर्‍याउँदै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ।

तेस्रो खेल राति ९:४५ बजे समूह ‘सी’का मेक्सिको र पोल्याण्डबीच हुनेछ। रंगशाला ९७४ मा यी दुईको खेल हुनेछ। यी दुई टोलीबीचको खेल निकै प्रतिपर्धात्मक हुने देखिन्छ। 

आजको अन्तिम खेलमा स्टार खेलाडीले भरिएको फ्रान्स र अष्ट्रेलियाबीच हुँदैछ। समूह ‘डी’ का यी दुई टोलीको खेल राति १२:४५ बजे अल जनुब रंगशालामा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक