नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत "/>

2026-09-08 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी

मङ्सिर ७, मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । 

नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय २५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै राप्रपाका गुञ्जनबहादुर न्यौपानेले १२ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभयो । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का लालबहादुर थापालाई एक हजार सात सय ८२ मत अन्तरले पराजित गर्दै बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका बानियाँले खसेको कूल मत ४० हजार पाँच सय ९९ मध्ये १८ हजार सात सय १७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी थापाले १६ हजार नौ सय ३५ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रीबहादुर खड्काले दुई हजार एक सय १९ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित