नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत "/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी

७ मंसिर २०७९, बुधबार १६:३१

मङ्सिर ७, मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । 


नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय २५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै राप्रपाका गुञ्जनबहादुर न्यौपानेले १२ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभयो । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का लालबहादुर थापालाई एक हजार सात सय ८२ मत अन्तरले पराजित गर्दै बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका बानियाँले खसेको कूल मत ४० हजार पाँच सय ९९ मध्ये १८ हजार सात सय १७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी थापाले १६ हजार नौ सय ३५ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्रीबहादुर खड्काले दुई हजार एक सय १९ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण