२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्य सडक कालोपत्र गर्छौं: नवनिर्वाचित सांसद भण्डारी

७ मंसिर २०७९, बुधबार १७:१४

मङ्सिर ७, तनहुँ । तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताउनुभएको छ । 

तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा आज आयोजित विजय जुलुसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस क्षेत्रमा रहेका मुख्य मार्ग अझै पनि कच्ची रहेकाले पाँच वर्षभित्र यसलाई कालोपत्र गराउने बताउनुभएको हो । 

फलफूल, अन्नबाली उत्पादनका लागि सिँचाइका नयाँ योजना सुरुआत गर्ने बताउँदै भण्डारीले भन्नुभयो, “चुनावमा जुन प्रतिबद्धता लिएर जनतामाझ पुगेका थियौँ, त्यसलाई पूरा गरेर छाड्छौँ ।” 

विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपथ्र्यो त्यो नभएको भन्दै भण्डारीले विकास अभियान पूरा गर्न जनताले परिवर्तन चाहेको बताउनुभयो । “विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । विसं २०४८ देखि निर्वाचित साथीहरुले जुन काम गर्नुपथ्र्यो त्यो नभएका कारण जनताले हाम्रो खोजी गर्नुभयो, जनताको विश्वासलाई खेर जान दिन्नौँ”, भण्डारीले भन्नुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले कृषि क्षेत्रमा कुनै योजना नआएको भन्दै आधुनिक कृषि प्रणालीको विकास गर्ने उल्लेख गर्नुभयो । यस क्षेत्रमा भूमिहीन सुकुम्बासीको समस्या रहेकाले पाँच वर्षभित्र सुकुम्बासीको समस्या समाधान हुने दाबी गर्नुभयो । “पाँच वर्षभित्र सुकुम्बासीले लालपुर्जा पाउँछन्, अर्को चुनावमा भेट हुँदा यसको समस्याबारे सुन्न पर्दैन”, भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ