पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर ८, झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन्।

उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए। आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए।

‘परिणामका बारेमा पछि विश्लेषण गरौंला। विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ ओलीले भने।

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए।

‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो। धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो। देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त देश चल्दैन। हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’

ओली झापा ५ बाट निर्वाचित भएका हुन्। उनी विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन्।