2026-09-22 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आजदेखि दोस्रो चरणका खेल, यी टिमको हुँदै छ भिडन्त

मंसिर ९, काठमाडौं | विश्वकप फुटबलमा आजदेखि दोस्रो चरणका खेल हुँदै छन्। यसअघि पहिलो चरणमा सबै टोलीले एक/एक खेल खेलेका छन्। सबै टोलीले ३/३ खेल खेलेपछि अन्तिम १६ मा जाने देशको टुंगो लाग्ने छ। 

अन्तिम १६ बाट नकआउट चरणका खेल सुरु हुनेछन्। पहिलो चरणमा अर्जेन्टिना, जर्मनीजस्ता पूर्व विश्वविजेता हारेका छन्। अब दोस्रो चरणका खेलपछि धेरै समूहको आगामी यात्राको टुंगो लाग्ने छ। 

विश्वकपमा आजदेखि दोस्रो चरणका खेल, यी टिमको हुँदै छ भिडन्त

दोस्रो चरणमा भेट हुँदै छन् यी टोली

मंसिर ९ 

दोस्रो चरणको पहिलो खेलमा वेल्स र इरान दिउँसो ३ः४५ मा भेट हुँदा आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार ६ः४५ बजे खेल्नेछ। 

त्यही बेलुका ९ः४५ बजे  नेदरल्यान्ड्स  इक्विडर भिड्दा मध्यरात १२ः४५ बजे इङ्ल्यान्ड र अमेरिका आमनेसामने हुनेछन्।

मंसिर १०

दिउँसो ३ः४५ बजे ट्युनिसिया र अष्ट्रेलिया भिड्दा, रोवर्ट लेवान्डोस्कीको टिम पोल्याण्डले साँझ ६ः४५ मा साउदी अरेवियाको सामना गर्नेछ।

पहिलो खेल मध्यरातमा खेल्ने फ्रान्सको दोश्रो खेल भने बेलुका ९ः४५ बजे सुरु हुनेछ। यो समयमा फ्रान्स र डेनमार्क भिड्नेछन्। 

तर लियोनल मेस्सीको खेल हेर्न भने मध्यरातसम्म कुर्नु पर्नेछ। समूह चरणको दोश्रो खेलमा अर्जेन्टिना र मेक्सीको राति १२ः४५ बजे भिड्नेछन्। 

मंसिर ११

एसियन पावरहाउस जापान र कोष्टारिकाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदा त्यसै साँझ ६ः४५ बजे बेल्जियम र मोरक्को भेट हुनेछन्।बेलुका ९ः४५ बजे क्रोयसियाले क्यानडासँग खेल्दा मध्यरातको खेल प्रतिक्षा लायक हुनेछ। त्यो रात दुई ठूला टिम स्पेन र जर्मनी १२ः४५ मा आमनेसामने हुनेछन्।

मंसिर १२ 

दिउँसो ३ः४५ मा क्यामरुनले सर्वियासँग खेल्दा ६ः४५ मा दक्षिण कोरिया र घाना भिड्नेछन्। ९ः४५ मा ब्राजिलले स्वीजरल्याण्डसँग खेल्दा त्यो मध्यरात पोर्चुगल र उरुग्वे भिड्ने छन्। 

मंसिर १३ गतेबाट समूहका अन्तिम चरणका खेल सुरु हुनेछन्। अन्तिम चरणमा भने एउटै समूहमा दुई खेल हुनेछन्। एउटा समूहका सबै टोली एकसाथ भिड्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो