१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित

१० मंसिर २०७९, शनिबार ११:२५

मङ्सिर १०,  मोरङ | मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी हुनुभएको हो । 

मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाउनुभएको छ । त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय  २६ मत प्राप्त गर्नुभएको छ ।  

निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताउनुभयो । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो