Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोरङ–३ बाट कांग्रेसका शर्मा निर्वाचित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर १०,&nbsp; मोरङ |</b> मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी हुनुभएको हो ।&nbsp;<br></p><p>मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाउनुभएको छ । त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय&nbsp; २६ मत प्राप्त गर्नुभएको छ ।&nbsp;&nbsp;</p><p>निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताउनुभयो । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गर्नुभएको थियो ।</p>