२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिनाको जित

२०७९, १० मंसिर शनिबार २१:१८

मङ्सिर ११, काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो ।


कतारको लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनालाई गोल रहित बराबरीमा रोकेको मेक्सिकोले दोश्रो हाफको खेलमा रोक्न सकेन । मेक्सिकोविरुद्ध निरन्तर काउन्टर अट्याक गरेको अर्जेन्टिनाले केहि सम्भावित अवसर गुमायो । जसमा  मेक्सिकोको दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तन गरेर अर्जेन्टिनाले खेलमा फर्किने रणनीति बनायो । त्यसपछि अर्जेन्टिना खेलमा फर्कियो । दोश्रो हाफमा कप्तान मेस्सीले ६४ औं मिनेटमा गोल गरे । त्यसपछि खेलको ८७ औं मिनेटमा एन्जो फर्नान्डेजको आकर्षक प्रहारमा दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरणमा आफूलाई बलियो बनायो । दोश्रो गोलको लागि बेन्चबाट मैदान पस्दै मिडफिल्ड चलायमान बनाएका एन्जो फर्नान्डेजले मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र लिएपछि डिफेन्डरलाई छक्याएर प्रहार गर्दा गोलरक्षक ओचोआले बचाउन सकेनन् ।

आजको खेलमा जितेसंगै अर्जेन्टिना समूह सी मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । यस अघि अर्जेन्टिनालाई पराजित गरेको साउदी अरेबिया ३ अंक जोड्दै तेस्रो स्थानमा छ । अर्जेन्टिना र साउदीको समान अंक छ तर गोलको आधारमा साउदी तेश्रोमा झरेको छ । 

अर्जेन्टिनाले विश्वकपको अर्को चरणमा पुग्न अब समूह चरणको अन्तिम खेलमा जित्नुपर्ने हुन्छ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । मेक्सिको र साउदी अरेबियाको खेलको नतिजाले नकआउट पुग्ने र समूह स्थान निर्धारणमा प्रत्यक्ष असर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित