मङ्सिर ११, मोरङ | राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार दिएकी रेखा थापा तेस्रो भएकी छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नायिका थापाले १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन्।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शर्माको भन्दा थापाले ३७ हजार ६३३ मतान्तर रहेको थियो। थापा राप्रपाको महाधिवेशनमा पनि महामन्त्री पदमा पराजित भएकी थिइन्। उनलाई कमल थापा समूहकी कुन्ती शाहीले पराजित गरेकी थिइन्।
निर्वाचन आयोगको तथ्याङ्कका अनुसार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन्। शर्माका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए।
यो क्षेत्रबाट यसअघिका निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी हुँदै आएका थिए। वामपन्थी बाहुल्य क्षेत्रमा कांग्रेसले पहिलोपटक जित निकाल्न सकेको हो। उनी विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन्।