६९ हजार मत गन्दा भगवती चौधरी विजय गच्छदारभन्दा ४ हजार बढी मतले अघि

साझासवाल
1 Min Read

मङ्सिर १२, सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छन्।

पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ।

यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन्। भगवतीले ३० हजार १५५ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २५ हजार ९४५ मत पाएका छन्।

भगवती गच्छदारभन्दा ४ हजार २१० मतले अगाडि छिन्।

यहाँ अझै ६ वटा वडाका ३० हजार भन्दा कम मतगणना गर्न बाँकी छन्। समानुपातिक र प्रदेशतर्फको पनि मतगणना भइरहेको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिए।

Share This Article
Leave a Comment

Leave a Reply