५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा आजदेखि समूह चरणको अन्तिम खेल हुँदै, खेल हुने समय पनि परिवर्तन

१३ मंसिर २०७९, मंगलवार ०३:१६

मङ्सिर १३, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।

आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।

पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् ।

आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् ।

आज समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै  बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् । 

नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा छ । यस्तै सेनेगल ३ अंकसहित शीर्ष स्थानमा छ । कतार भने दुवै खेलमा पराजित हुँदै अंकविहीन छ ।

यस समूहमा नेदरल्याण्ड र इक्वेडरले बराबरी नतिजा ल्याए मात्र पनि अन्तिम १६ मा पुग्ननेछन् । सेनेगलका लागि भने अन्तिम १६ मा पुग्न इक्वेडरलाई पराजित गर्नै पर्ने हुन्छ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यस समूहबाट अहिलेसम्म कुनै टिम पनि बाहिरिएको छैन । त्यसैले नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र अन्तिम १६ मा पुग्ने होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

इंग्ल्याण्ड दुई खेलपछि एक जित र एक बराबरीबाट ४ अंकसहित पहिलो स्थानमा छ भने एक जित र एक हारबाट ३ अंक रहको इरान दोस्रो स्थानमा छ  । दुई बराबरी खेलेको अमेरिकाको २ अंकसहित तेस्रो र एक बराबरी र एक हारबाट वेल्स १ अंकसहित चौथो स्थानमा छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरे पनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

त्यस्तै इरानले अमेरिकालाई पराजित गरे सिधै नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा भने इरानले अमेरिकासँग हार टारे पनि अन्तिम १६ मा पुग्नेछ ।अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नैपर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने