६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा विश्वकप २०२२ः सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

१४ मंसिर २०७९, बुधबार ११:५५

मङ्सिर १४, काठमाडौँ | फुटबल खेलको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो। २०२२ को फिफा विश्वकप केही दिन अगाडी मात्रै कतारले संचालन गरेको छ । 

यस बर्ष कतारले आयोजना गरेको फिफा विश्वकपमा लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। जसकारणले कतारमा हुन लागेको फिफा विश्वकप वास्तवमै अहिलेसम्मकै सबैभन्दा महँगो विश्वकप भएको स्पष्ट हुन्छ।


खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ।

फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री (भीएआर)ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ।

यसका साथै फिफाले यसपटक महिला म्याच रेफ्रीहरूलाई खेल सञ्चालनका लागि समावेश गरेका छन्। विश्वका विभिन्न संघसंस्थाका लिग खेलहरूमा महिला रेफ्रीहरूको प्रदर्शनको नजिकबाट निगरानी राखेको फिफाले यसपटक हरेक खेलमा ३ महिला फिल्ड म्याच रेफ्री र ३ महिला सहायक रेफ्री समावेश गरेको हो।

फिफा विश्वकपमा कुल ३६ फिल्ड रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछन्। उनीहरुले सबै चरणमा जम्मा ६४ खेल खेलाउनेछन्।

फिफाले प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको भागको आधारमा तय गरेको छ। यसले लिग खेलहरू र नक–आउट खेलहरूका लागि फरक–फरक बनाएको छ।

फिफा विश्वकप २०२२ का रेफ्रीले कति पारिश्रमिक ?

फिफा विश्वकपमा रेफ्रीको तलब उनिहरुको अनुभवमा भर पर्छ। खेलमा चार किसिमका रेफ्री हुन्छन् । प्रत्येक रेफ्रीको आफ्नो विशेषज्ञता अनुसार आफ्नै कर्तव्यहरू छन्। 

– म्याच रेफ्री

– सहायक रेफ्री

– चौथो अधिकारी

– भिडियो सहायक रेफरी

१. म्याच रेफ्री

म्याच रेफ्रीको यस खेलमा सर्वोच्च अधिकार हुन्छ । उनी मैदानमा उपस्थित भएर खेलाडीसँग दौडिरहेका हुन्छन् । म्याच रेफ्रीले मैदानमा भएका सबै महत्त्वपूर्ण निर्णयहरू गर्छन्। खेल रेफ्रीसंग खेलाडीलाई चोटपटक लागेमा, खेल गलत तरीकाले खेलेमा वा अन्य कुनै परिस्थितिमा खेल रोक्न सक्ने  अधिकार हुन्छ । 

अन्तर्राष्ट्रिय खेलको अफिसियसनको लागि म्याच रेफ्रीले न्युनतम पारिश्रमिक एक लाख (७०० युरो) सम्म पाउने गर्छ । तर कतार विश्वकपको समयमा सबै प्रकारको कामदारको पारिश्रमिक बढाइएको हुनाले जसअनुसार म्याच रेफ्री न्युनतम पारिश्रमिक करिब ६लाख ५० हजारसम्म (५ हजार युरो) दिने रिपोर्टले जनाएको छ । 

२. सहायक रेफ्री

हामी मैदानमा तीन रेफ्रीहरू देख्छौं। जसमध्ये एक म्याच रेफ्री हुन् भने अन्य दुई सहायक रेफ्री हुन् । सहायक रेफ्रीको मुख्य काम  फसाइड हो कि होइन हेर्नु हो। यसका साथै साहायक रेफ्रीले म्याच रेफ्रीलाई पनि उसको काममा सहयोग गर्नुपर्ने हुन्छ । 

त्यसैले सहायक रेफ्रीहरूलाई लाइन–मेन भनेर पनि चिनिन्छ। उनीहरुसँग म्याच रेफ्रीले देख्न नसक्ने गल्तीहरुको छानबिन गर्ने अधिकार पनि छ।

रिपोर्टको अनुसार कुनै पनि अन्तर्राष्ट्रिय खेलका लागि सहायक रेफ्रीहरूलाई न्युनतम पारिश्रमिक ५० हजार (५०० युरो) दिइन्छ भने, यस पटक कतार विश्वकपले सहायक रेफ्रीलाई करिब ३ लाख (२५०० युरो) दिने भएको छ । 

३. चौथो अधिकारी

धेरै प्रशंसकहरूले याद गरेका छन् कि त्यहाँ एक अधिकारी छ जसले सबै प्रतिस्थापन कार्य नियन्त्रण गर्दछ। उसले खेलाडीहरूको जाँच गर्छ र म्याच रेफ्रीबाट अनुमति लिएर टोलीहरूलाई आफ्ना खेलाडीहरू बदल्न अनुमति दिन्छ। उनले खेलको समयमा बल परिवर्तन गर्ने काम पनि हेर्छन्। यी सबै कार्यहरू चौथो अधिकारीद्वारा गरिन्छ।

अन्तर्राष्ट्रिय खेलको समयमा चौथो अधिकारीको न्युनतम पारिश्रमिक ५० हजार (५०० युरो) भए पनि यस पटक कतार विश्वकपले चौथो अधिकारीलाई करिब ३ लाख (२५०० युरो) दिने भएको छ । 

४. भिडियो सहायक रेफरी

कतार फिफा विश्वकप २०२२ मा भिडियो सहायक रेफ्रीहरूलाई प्रति खेल ४ लाख (३००० युरो) दिने भएको छ । 

फिफा विश्वकप २०२२ रेफ्रीको तलब:

अधिकारीहरू
प्रति खेल शुल्क
फाइनल शुल्क
टूर्नामेंट भुक्तानी
म्याच रेफ्री
५,००० युरो 
१०,००० युरो
३००,००० युरो 
सहायक रेफ्री
२,५०० युरो
५,००० युरो 
१५०,००० युरो 
चौथो अधिकारी
२,५०० युरो
५,००० युरो 
१५०,००० युरो 
भिडियो सहायक रेफ्री
३,००० युरो 
५,००० युरो
१,७५,००० युरो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने