Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनसरी ४ मा ६०० मत गणना गर्न बाँकी, सञ्चारमन्त्री कार्की ४२ मतले अगाडि

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर १५, सुनसरी | सुनसरी क्षेत्र नम्बर ४ मा अब करिब ६०० मत मात्रै गणना हुन बाँकी छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो अन्तरले अगाडि छन्।

करिब ६ सय मत गणना बाँकी रहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्की ४२ मतले अघि छन्।

कार्कीले  ३० हजार २१५ मत पाएका छन्। निकटतम् प्रतिस्पर्धी जगदिश प्रसाद कुसियैतले ३० हजार १७३ मत पाएका छन्। सुरुदेखि नै उनीहरुबीच तीव्र प्रतिष्पर्धा भइरहेकको छ।

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।