२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्लभ घटना : पुच्छर भएकी बालिकाको जन्म

२०७९, १५ मंसिर बिहीबार ०८:०६

एजेन्सी | मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् ।

यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् ।

पुच्छरमा रौँ, टुप्पोको आकार गोलो

जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरे । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए । तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।


सुत्केरी हुँदा कुनै संक्रमण थिएन, आमा छोरी स्वस्थ

उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा बालिकाको जन्म भएको हो । आमा सामान्य तरिकाले सुत्केरी नभएर शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो । बालिकाका अभिभावकको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र दुवै पूर्ण रूपमा स्वस्थ छन् । गर्भावस्थाको समयमा, आमा कुनै पनि प्रकारको विकिरण वा संक्रमणको सम्पर्कमा आएकी थिइनन्  । उनीहरुका पहिले नै एक छोरा छन्, उनले सामान्य जीवन बिताइरहेका छन् ।

पुच्छरमा दुखाइ थिएन, हल्लाउन पनि सकिन्थ्यो

डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाए । त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय भयो । शल्यक्रियामा पुच्छरलाई लिम्बर्ग प्लास्टी गरेर शरीरबाट हटाइएको थियो ।

ट्रु टेलको यो दुर्लभ केस, ब्राजिलमा यस्तो केस भेटिएको छ


यसअघि पनि पुच्छरसहित केही बच्चा जन्मिएका छन् । हालसम्म मानिसमा दुई प्रकारको पुच्छर भेटिएको छ । पहिलो– भेस्टिजियल टेल र दोस्रो ट्रु टेल । भेस्टिजियल पुच्छरलाई यस्तो पुच्छर भनिन्छ, जसले मानव जातिको विकास देखाउँछ । यसको पुच्छर भित्र हड्डी हुन्छ । अमेरिका, इङ्गल्याण्ड, फ्रान्स, जापान, इटाली र जर्मनीमा हालसम्म १९५ जनामा ​​यस्तो देखिएको छ ।

अर्कोतर्फ, ट्रु टेल यस्तो पुच्छरलाई भनिन्छ जसमा हड्डी हुँदैन । यसमा तन्तु र बोसो मात्र हुन्छ । यो पुच्छर धेरै दुर्लभ छ । हालसम्म विश्वभर यस्ता ४० वटा केस भेटिएको छ । यसअघि सन् २०२१ मा ब्राजिलमा यस्तो पुच्छर भएको बच्चाको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने