2026-07-24 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चारपटकको विजेता जर्मनीलाई अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समीकरण ?

मङ्सिर १५, काठमाडौँ | चारपटकको विजेता जर्मनीका लागि कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि बिहीबार हुने कोस्टारिका विरुद्धको खेल ‘गर या मर’को बनेको छ ।

समूह ‘ई’मा रहेको जर्मनीले दुई खेलबाट एक अंक मात्र जोडेको छ । पहिलो खेलमा जापानसँग पहिलो हाफमा अग्रता लिएर पनि २–१ ले पराजित भएपछि जर्मनीको यात्रा कठिन बनेको हो । जर्मनी दोस्रो खेलमा पनि स्पेनसँग १–१ को बराबरीमा रोकियो ।

त्यसकारण अन्तिम–१६ मा स्थान बनाउनका लागि अबको खेल जर्मनीलाई जित्नैपर्ने दबाब छ । अन्यथा, जर्मनी लगातार दोस्रोपटक विश्वकपको समूह चरणबाट बाहिरिनेछ ।

जर्मनीलाई आफूले जितेर मात्र पनि पुग्दैन । स्पेन र जापानको नतिजा पनि कुर्नुपर्ने हुन्छ । स्पेनले जापानलाई हराए र जर्मनीले जितेमा अन्तिम–१६ मा स्थान बनाउन सक्छ । जापानले जिते वा बराबरी खेले जर्मनीले जिते पनि गोलअन्तरको हिसाब हुन्छ । जर्मनीको गोलअन्तर माइनस एक छ भने जापानको शून्य छ । स्पेनको गोलअन्तर प्लस सात छ ।

जर्मनीविरुद्ध खेल्ने कोस्टारिकाको सम्भावना पनि उत्तिकै छ । कोस्टारिकाले जिते अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । स्पेनले जापानलाई हराए कोस्टारिकालाई बराबरी पनि काफी हुनेछ । तर, स्पेन पराजित भए र कोस्टारिकाले जर्मनीसँग बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ । कोस्टारिकाको गोलअन्तर माइनस ६ छ ।

एसियाली मुलुक जापानलाई अघिल्लो चरणमा स्थान बनाउन आज जित्नैपर्ने हुन्छ । जापानले बराबरी खेले जर्मनी र कोस्टारिकाविरुद्धको नतिजा हेर्नुपर्छ । कोस्टारिकाले जिते जापान बाहिरिनेछ । जर्मनीले जिते वा बराबरी खेले गोलअन्तरको हिसाब हुनेछ ।

दुई खेल सकिँदा स्पेन चार अंकका साथ शीर्ष स्थानमा छ । समान तीन अंक जोडेका जापान र कोस्टारिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनीको एक अंक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक