मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

2026-08-23 03:29 AM
अर्थ/विकास

अमेरिकी डलरको भाउ घट्दा युरो, पाउण्ड र अष्ट्रेलियन मुद्रा बढ्यो, कति छ आजको मूल्य ?

मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने बिक्रीदर १३० रूपैयाँ २५ पैसा छ। 

बिहीबार ४८ पैसाले घटेको डलर शुक्रबार ३३ पैसाले घटेको हो। 


बिहीबार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो।  बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो। 

डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ। राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो । 

आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो।

यस्तै अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। बिहिबार १ डलरको बिक्रिदर ८७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा थियो भने आज खरिद दर ८८ रूपैयाँ २७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६७ पैसा कायम भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो