Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिहेको सिजनमा लगातार बढ्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार चौथो दिन सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबारको कारोबार मूल्य तोक्दै सुनको भाउ लगातार चौथो दिन बढेको जनाएको हो ।

गत साताको बुधबारदेखि सुनको भाउ बढ्न थालेको छ ।

शुक्रबार तोलामा १००० रूपैयाँले बढेको सुनको मूल्य आज पुनः ४०० रूपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रूपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार १०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेको जानकारी दिएको छ । शुक्रबार तोलामा १३ सय ४५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७० रूपैयाँ कायम छ ।