2026-07-26 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप हेरेपछि क्यान्सर पीडित पेलेले अस्पतालबाटै दिए यस्तो सन्देश

मङ्सिर १८, काठमाडौँ । ब्राजीलका महान फुटबल खेलाडी पेले यतिबेला पेटको क्यान्सरबाट पीडित भएर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनी अस्पतालमै बसेर अहिले कतारमा जारी फिफा वर्ल्डकप हेरिरहेका छन् ।

यसैबीच उनले एउटा स्टाटस इन्स्टाग्राममा पोस्ट गरेका छन् । जसमा उनले सबैलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन् । उनले मानिसबाट आफ्नो लागि आइरहेका सन्देश र ब्राजीलले जारी विश्वकपमा खेलेको देखेर आफूभित्र पनि उर्जा थपिएको बताएका छन् ।

उनी लेख्छन् – ‘म अपेक्षाले भरिएको छु, बलियो छु र सधैँ जस्तै आफ्नो उपचार गराइरहेको छु । मलाई गरिएको राम्रो उपचार र हेरचाहका लागि म सम्पूर्ण मेडिकल र नर्सिङ टीमलाई धन्यवाद दिन चाहान्छु ।’

उनले लेखेका छन्– ‘म भगवानमा विश्वास गर्छु र संसारबाट प्राप्त भएको माया–प्रेमले भरिएको सन्देशले ममा उर्जा भरिदिन्छ । म विश्वकपमा ब्राजीलले खेलेको हेरिरहेको छु । यी सबै कुराका लागि धन्यवाद ।’

८२ वर्षीय पेले साओ पाउलोको इस्राइलीटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका छन् । उनलाई मंगलबारको दिन सास फेर्न गाह्रो भएका कारण अस्पताल भर्ना गरिएको हो । अहिले पेलेको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

यद्यपि, केही समाचार माध्यमले पेलेका स्वास्थ्यस्थिति गम्भीर भएको हो । भनिन्छ, उनको शरीरमा कीमोथेरापीको कुनै असर नभएको बताइएको थियो ।

त्यसपछि अस्पतालले एउटा आधिकारिक वयान जारी गर्दै पेले ठीक भएको र उनको शरीरले उपचारको राम्रो प्रतिक्रिया दिइरहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली