मङ्सिर १९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ८३ पैसा र बिक्री दर १३७ रूपैयाँ ४६ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५७ पैसा र बिक्री दर १६० रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४४ पैसा र बिक्री दर ३५ रूपैयाँ ६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।