2026-09-21 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

मङ्सिर १९, काठमाडौँ | कतारमा जारी फिफा विश्वकपमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गर्यो। फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँच पटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्। 

सन् २०१८ को विश्वकपबाट डेब्यु गरेका २३ वर्षे एम्बाप्पेले गत राति दुई गोल गर्दा विश्वकपमा कुल गोल संख्या ९ पुर्याएका छन्। उता रोनाल्डोले पाँचवटा संस्करणमा गरी ८ गोल गरेका छन्। २३ वर्षकै उमेरमा विश्वकपमा ९ गोल गर्ने एम्बाप्पे डिएगो म्याराडोना, रोनाल्डो नाजारियो, लियोनेल मेस्सी, क्लोसा जस्ता खेलाडीहरु भन्दा धेरै विश्वकपमा गोल गर्ने अनुमान गर्न थालिएको छ। उनले डेब्यु विश्वकपमा चार गोल गरेका थिए भने यसपटकको विश्वकपमा पाँच गोल गरिसकेका छन्।मेस्सीले पनि शनिबार राउण्ड अफ १६ मा अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपमा क्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका थिए। शनिबार अष्ट्रेलियाविरुद्ध गोल गरेपछि मेसीको नाममा ९ गोल भएको छ। 

यस प्रतियोगितामा पाँच गोल गर्दै एम्बाप्पे गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि आएका छन्। उनीपछि मेस्सी, रास्फोर्ड, भ्यालेन्सियाको तीन तीन गोल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो