2026-09-12 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरका मेयरकै घरमा चल्यो डोजर

मङ्सिर २१, काठमाडौँ | जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ।

मेयर कोइरालाले विराटनगर–९ जलजला रोडस्थित भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट डोजर चलाउन थालिएको हो। 

पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका अवैध संरचना बुधबार हटाइएको छ। साथै महानगर कार्यालयअगाडि रहेका पसलका अवैध संरचना पनि डोजर लगाइएको छ। 

महानगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले पसलअगाडि निर्माण गरिएका ‘सेटब्याक’लगायतका अवैध संरचना हटाएको हो।

नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो। मेयर कोइरालाले भाडामा लगाइएका आफ्नै घरअगाडि बनाइएका अवैध संरचना हटाइएको र फुटपाथ खाली गराइएको जानकारी दिए। 

उनका अनुसार विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको हो। उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गर्नु परेको जानकारी दिए। 

‘परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरिचार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं। प्रदेश १ को राजधानी विराटनगरलाई अब यथास्थितिमा राख्न हुँदैन,’ कोइरालाले भने, ‘यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो उदेश्य छ। विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु।’

महानगरले विराटनगर बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन र फुटपाथ खाली गराउन अभियानलाई तीव्रता दिएको छ। बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरिएको थियो। 

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अवैध संरचना हटाउन अटेर गरेपछि महानगर ‘एक्सन’मा गएको मेयर कोइरालाले बताए। अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालयअगाडि रहेका पसल, वडा नम्बर ९ को वडा कार्यालय, बुधहाट चोकस्थित ‘बी प्लट’का पसलमा निर्माण गरिएका अवैध संरचना हटाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस