2026-09-21 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेमिफाइनलमा ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा होला ?

मङ्सिर २२, काठमाडौँ | ब्राजिल र अर्जेन्टिना ल्याटिन अमेरिकाका मात्र नभएर विश्वक फुटबलकै दुई चर्चित टिम हुन् । यी दुई टिम एक आपसमा खेलेको हेर्ने रहर सबै फुटबलप्रेमीलाई हुन्छ ।

अहिले कतारमा फिफा विश्वकप २०२२ भइरहेको छ । जहाँ यी दुई टिम क्वार्टरफाइनलसम्म पुगिसकेका छन् र सेमिफाइनलमा भेट हुने सम्भावना समेत छ ।

लिओनल मेसीको अर्जेन्टिना र नेमारको ब्राजिलबीचको खेलको धेरैले प्रतीक्षा गरेका छन् । समूह चरणमा दुवै टिम विजेता बनेकाले पनि दुवै टिम फाइनल अघि नै भेट्ने सम्भावना बनेको हो ।

हुन त विश्व फुटबलका यी दुई पावर हाउस गत वर्ष मात्रै कोपा अमेरिकामा भिडेका थिए । जहाँ अर्जेन्टिनाले ब्राजिललाई उसैको ऐतिहासिक मैदान माराकानामा १-० ले हराएर उपधि जितेको थियो ।

अहिले विश्वकप जित्ने दाबेदारहरुको सूचीमा ब्राजिल र अर्जेन्टिनाकै नाम छ । यदि यी दुई टिम सेमिफाइनलमै भेट भए पनि एक टिम मात्र फाइनल पुग्नेछ भने अर्को टिम घर फर्कनेछ । अर्थात एक टिमको समर्थक उत्साहित बन्दा अर्को टिमको समर्थक पनि निराश हुनेछ ।

दुबै टिमले क्वार्टरफाइनलमा आआफ्ना खेल जितेमा उनीहरुको भेट सेमिफाइनलमा हुनेछ । त्यसको टुङ्गो आउने शुक्रबार लाग्नेछ ।

पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाँग खदेल्नेछ भने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । यी दुईको विजेता आउने मंगलबार पहिलो सेमिफाइनल खेल्नेछन् ।

समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग अप्रत्याशित हारबाट विश्वकप सुरुवात गरेको थियो । तर त्यसपछि समूहका दुवै खेलमा मेक्सिको र पोल्याण्डलाई समान २-० ले हराएर समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । जहाँ अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो ।

उता ब्राजिलले सर्बियालाई २-० र स्वीजरल्याण्डलाई १-० ले हराएर समूहको एक खेल अगावै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । समह जीको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेर नकआउट चरणमा पुग्‍यो । जहाँ ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले सहजै हरायो ।

३२ वर्षअघिको त्यो खेल

ब्राजिल र अर्जेन्टिना विश्वकपमा पछिल्लो पटक १९९० मा एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि अहिलेसम्म विश्वकपमा यी दुई टिमबीच भेट भएको छैन । दुवैले क्वार्टरफाइनल खेल जितेमा विश्वकप फुटबलकै एक प्रतिक्षित खेल सेमिफाइनलमै हेर्न पाइनेछ ।

विश्वकपको ९२ वर्षे इतिहासमा यी दुई टिम अहिलेसम्म जम्मा चार पटक मात्र भिडेका छन् । जसमा ब्राजिलले दुई खेल जित्दा अर्जेन्टिनाले एक खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । ब्राजिलले ५ र अर्जेन्टिनाले ३ गोल गरेका छन् ।

तर यी सबै चार भेट १९७४ र १९९० को बीचमा भएको थियो । १९९० मा भएको पछिल्लो भेटमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको थियो । अन्तिम १६ को उक्त खेलमा अर्जेन्टिनालाई जित दिलाउन क्लाउडियो कानिजियाले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्जेन्टिना त्यस विश्वकपको फाइनलसम्म पुगेको थियो तर पश्चिम जर्मनीसँग पेनाल्टी गोलमा १-० ले पराजित हुँदा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नबाट बन्चित भएको थियो ।

त्यसअघि १९७४ को विश्वकपमा ब्राजिलले अर्जेन्टिनालाई २-१ ले पारजित गरेको थियो भने १९७८ मा दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । १९८२ मा ब्राजिलले अर्जेन्टिनालाई ३-१ ले पराजित गरेको थियो ।

ब्राजिल र अर्जेन्टिनाले विश्वकप नजितेको पनि धेरै वर्ष भइसकेको छ । ब्राजिलले सन् २००२ पछि विश्वकप जितेको छैन । यसवर्ष ब्राजिल २० वर्षदेखिको विश्वकपको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । उता अर्जेन्टिनाले त विश्वकप नजितेको ३६ वर्ष भइसकेको छ । सन् १९८६ मा डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो