2026-09-21 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

मङ्सिर २२, काठमाडौँ | आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ ।  

नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।

बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे । त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए । जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् । स्कटल्याण्डले केहीबेरमा नेपालविरुद्ध जवाफी व्याटिङ थाल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो