2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्

मङ्सिर २३, ललितपुर । कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्। 

अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्। 

जिल्ला प्रहरी कार्यालयका ललितपुरका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीका अनुसार सप्तरी घर भई आफ्ना अभिभावकसँग सानेपामा बस्दै आएकी चौधरी बुधबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उपचारको क्रममा उनको पाटन अस्पतालमा मृत्यु भएको हो।

कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्

बुधबार बिहान सदीक्षा आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अभिभावकले उपचारको लागि पाटन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले जानकारी दिए।

चौधरी केही समयअघि आफ्ना अभिभावकसँग सप्तरीस्थित घर गएको खुलेको छ। उनी यहि मंसिर ६ गते काठमाडौं फर्किएपछि बुधबार कलेज गएकी थिइन्।

डीएसपी शाहीका अनुसार लामो समयपछि कलेज गएपछि कलेजको अनुशासन विभागका प्रमुखले उनलाई केही सोधपुछ गरेपछि कलेजबाट निष्कासन गरेको पाइएको छ।

कलेजले निष्कासन गरेपछि पीडामा रहेकी किशोरीले अप्रिय कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। किशोरीलाई निष्कासन गर्ने कलेजको अनुशासन विभागका प्रमुखलाई कलेज प्रशासनले निलम्बन गरेको छ। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो