२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै

२०७९, २३ मंसिर शुक्रबार ०८:४८

मङ्सिर २३, काठमाडौँ । एजेन्सी | कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक चर्चामा छन् । आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बनाउने लक्ष्यमा छन् ।

अर्जेन्टिनाको यात्रा कहाँसम्म पुग्छ भन्ने धेरै हदसम्म मेसीकै प्रदर्शनमा टिकेको हुन्छ । पछिल्लो पटक सन् १९८६ मा डिएगो म्यारडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । त्यसको ३६ वर्षपछि मेसी अर्जेन्टिनालाई विश्वकप जिताउने अभियानमा छन् ।


उपाधिबाट तीन खेल मात्र टाढा रहेको अर्जेन्टिनाले त्यसका लागि पहिले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको चुनौती पार गर्नुपर्ने छ ।

समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग २-१ को अप्रत्याशित हारपछि मेसीकै प्रेरणादायी प्रदर्शनमा मेक्सिको र पोल्याण्डलाई हराएर अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो ।

प्रिक्वाटर फाइनलमा मेसी र युलियन अल्भारेजको गोलमा अष्ट्रेलियालाई हराएर अर्जेन्टिना क्वाटरफाइनल पुगेको हो ।

अर्जेन्टिनाले ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्स विरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

अर्जेन्टिनासँग खेल्न लागेको नेदरल्याण्ड्स विश्वकपमा अभागी टिम हो । तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कँदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

डच टिमले पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । यी दुई टोलीबीच खेल हुने लागेको पनि ८ वर्षपछि पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त