५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी अर्जेन्टिनालाई हराउने तयारीमा छौं: भान डाइक

२३ मंसिर २०७९, शुक्रबार ११:५४

मङ्सिर २३, काठमाडौँ । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग खेल्दा सम्पूर्ण ध्यान लियोनेल मेसीमा मात्रै केन्द्रित नहुने बताएका छन्। 

कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा सन् २०१४ का दुई सेमिफाइनलिस्ट फेरि आमनेसामने हुँदैछन्। आठ वर्षअघि ब्राजिलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

जारी विश्वकपमा सात पटकका बालन डी’अर विजेता मेसीले आफ्नो स्पष्ट प्रभाव देखाइरहेका छन्। आफ्नो चम्किलो करिअरलाई अझै आकर्षक बनाउन मेसी आफ्नो टिमलाई अर्को हप्ता हुने फाइनलमा सफल बनाउँदै विश्व फुटबलको सबैभन्दा  लोकप्रिय उपाधि जित्न चाहन्छन्।


डच डिफेन्डर भान डाइक नेदरल्यान्ड्सको टिम मेसीलाई मात्र रोक्ने रणनीतिमा नहुने बताउँछन्। 

‘उनी सर्वकालिन महान् खेलाडीमध्ये एक हुन्, उनने वर्षौंदेखि त्यो सावित गर्दै आएका छन्,’ भान डाइकले भने, ‘मेसी र क्रिस्टियानो रोनाल्डो पछिल्लो दुई दशककै उत्कृष्ट खेलाडी हुन्। उनले जे हासिल गरेका छन्, त्यसका कारण धेरै सम्मान छ। तर, अहिले हामी उनको मात्रै सामना गर्ने ध्यानमा छैनौं। हामी अर्जेन्टिनालाई हराउने तयारी गरिरहेका छौं।’

‘उनले पछिल्ला वर्षहरूमा कति सफलता हासिल गरेका छन् भन्ने हामीलाई थाहा छ,’ भान डाइक भन्छन्, ‘तर, यो क्वार्टरफाइनल नेदरल्यान्ड्स भर्सेज मेसी होइन, नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने